पानीट्याङ्कीमा 200 ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की पुलिस पोस्ट इन्चार्ज ओसी गौतम साहाको नेतृत्वमा पुलिसले गोप्य सूचनाको आधारमा पानीट्याङ्की ट्याक्सी स्ट्यान्ड नजिक अभियान चलाएर ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति देवेन्द्र थापाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पानीट्याङ्की ट्याक्सी स्ट्यान्ड नजिक पुलिसले एकजना व्यक्तिको छानबीन गर्दा लगभग 200 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। देवेन्द्र थापाले उक्त ब्राउन सुगर नेपाल भित्र्याउने उद्देश्य लिएर लगिरहेका थिए भने जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 6 लाख रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *