पानीट्याङ्कीमा भाजपाको सीएए-बारे जागरूकता ऱ्याली

खोरीबारी: भारत- नेपाल सीमासित जोड़िएको पानीट्याङ्की बाजारमा आज शुक्रवार भारतीय जनता पार्टीको रानीगञ्ज बिन्नाबाड़ी मण्डलको तर्फबाट नागरिकता संशोधन कानून अर्थात सीएए-को समर्थनमा एउटा ऱ्यालीको आय़ोजना गरियो। यसको साथै उक्त ऱ्यालीको माध्यम मानिसहरूलाई जागरूक गराइयो। उक्त ऱ्यालीमा भारतीय जनता पार्टीका नेशनल काउन्सिल सदस्य गणेश देवनाथ, रानीगञ्ज बिन्नाबाड़ी भाजपा मण्डल अध्यक्ष भोलानाथ सीक्दा, उपाध्यक्ष दिलीप महन्तों, महासचिव भवेश रायसहित अन्य कार्यकर्ताहरू उपस्थित थिए। नेशनल काउन्सिलका सदस्य गणेश देवनाथले नागरिकता कानूनलाई ऐतिहासिक बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको सराहना गरे। तिनले यस कानूनसँग कसै भारतीयलाई पनि आतङ्कित नबन्ने आह्वान गरे। यसैगरी, मण्डल उपाध्यक्ष दिलीप महन्तोंले बताए अनुसार भाजपाले यस कानूनलाई लिएर गाउँ- गाउँमा गएर सम्पर्क अभियान गर्दै विपक्षीहरूद्वारा फैलाई रहेको भ्रमबारे जागरूकता चलाइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *