पानीट्याङ्कीमा दुई बङ्ग्लादेशी नागरिक पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पर्ने भारत-नेपाल सीमाको पानीट्याङ्कीमा एसएसबी 41औँ बटालियनको बीआईटीका कर्मीहरूले रूटीन चेकिङ अवधि अवैध रूपमा नेपाल गइरहेको दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका बङ्ग्लादेशीहरू क्रमैले 23 वर्षीय मोहम्मद बिलाल हुसेन र 19 वर्षीय हाकिम अब्दुल सामेल छन्।


पक्राउ गरेको दुईजना बङ्ग्लादेशी नागरिकलाई आवश्यक कार्वाहीपछि खोरीबारी पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका ती दुई बङ्ग्लादेशी नागरिकविरुद्ध मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गरिने खोरीबारी थाना ओसी पासाङ रिन्जिङ शेर्पाले बताए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *