पानीट्याङ्कीमा नि:शुल्क नेत्र जाँच शिविरको आयोजना

नक्सलबारी : नक्सलबारी लायन्स क्लब र सिलगढी लायन्स नेत्रालयको पहलमा तथा खोरीबारी ट्राफिक पुलिसको सहयोगमा भारत-नेपाल सीमा पानीट्याङ्कीमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 56 जना मानिसहरूले आफ्नो आँखा जाँच गराए भने तिनीहरूलाई दबाई तथा चश्मा पनि प्रदान गरियो। उक्त शिविरमा नरेन्द्र प्रसाद, देवप्रसाद भौमिक, अनिल साहा, कौशिक आचार्य लगायत खोरीबारी ट्राफिक पुलिस अधिकारी उपस्थित थिए। यस सम्बन्धमा लायन्स क्लबका सचिव कौशिक आचार्यले भने, प्रत्येक महिनामा एकपल्ट आँखा जाँच शिविरको आयोजना गर्ने गरिन्छ। यस शिविरमा मूल रूपमा वाहन चालकहरूको आँखा जाँच गरिनेछ। आगामी महिनामा फेरि नक्सलबारी थानामा उक्त शिविरको आयोजना गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *