पञ्जाबीपाडा आगलागी आवासको मेयरद्वारा निरीक्षण

सिलगढी :  सिलगढी नगरनिगमको 13 नम्बर वार्ड अन्तर्गत पञ्जाबीपाडाको गुरूनानक सरणीमा आगलागी आवासको सिलगढी नगरनिगमका मेयर गौतम देवले निरीक्षण गरे। उक्त घरमा बिहेको कार्यक्रम चलिरहेको थियो। एसीबाट सर्ट सर्किट भएर आगो लाग्दा घरमा रहेको धेरैजसो सर-समानहरू जलेर खरानी भएको छ। दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। आगलागीको खबर पाएपछि मेयर गौतम देव आगलागी स्थलमा पुगेर आगोले क्षतिग्रस्त पारेको आवासको निरीक्षण गरे। अग्निपीडित परिवारसित कुराकानी गर्नको साथै तिनीहरूको साथमा रहने मेयरले आश्वसन पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *