पञ्जाबमा सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा अंश ग्रहण गरेर फर्फिआएका 2 जना खेलाडीलाई खरसाङमा संवर्द्धना

खरसाङ (निसं) : पञ्जाबमा सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा भाग लिएर फर्केका खरसाङका दुईजना किक बक्सिङ खेलाडीलाई आज खरसाङमा स्वागत जनाइयो। पञ्जाबमा सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीप 2023 मा भाग लिएर सिल्भर मेडल र पाँचौँ स्थान प्राप्त गरेर फर्केका खरसाङका दुईजना बक्सिङ खेलाडी क्रमैले निशा रावत र निखिल रावत अनि कोच बिजय रावतलाई खरसाङमा स्वागत जनाइयो। पञ्जाबमा विगत 1 जुलाईदेखि 5 जुलाईसम्म सम्पन्न नेशनल किक बक्सिङ च्याम्पियनशीपमा निशा रावतले दोस्रो स्थान ओगटेर सिल्भर मेडल जित्न सफल भएकी छन् भने निखिल रावतले पाँचौँ स्थान ओगट्न सफल भएका छन्। दुवै खेलाडीलाई आज खरसाङको रेलवे स्टेशन परिसरमा हरिजन कल्याण समिति, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ, खरसाङका अन्य संस्थाहरू र मानिसहरूले स्वागत जनाउँदै संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *