पंकज छेत्रीद्वारा चुनाउ प्रचार

कालेबुङ : कालेबुङको 35 नम्बर समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित उम्मेदवार पंकज छेत्रीले आफ्नो कार्यकर्ताहरुको साथमा मानिसहरूको घर दैलोमा पुगेर जोडतोडले लगातार चुनाउ प्रचार गर्दै आइरहेका छन्। यसै क्रममा आज कालेबुङ नगरपालिकाको 1 नम्बर वार्डमा अवस्थित नोभेल्टी परिसर, थाना डारा, पुलिस क्वार्टर, मेन रोड ठाकुर बाडी, डम्बर चोक आदि स्थलहरुमा पुगेर चुनाउ प्रचार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *