पंखबारी, लंगभ्यू अम्बटे समष्टिका सीपीआईएम प्रार्थी सचिन खातीद्वारा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत 30 नम्बर समष्टि पंखबारी, लङ्भ्यु अम्बटे समष्टिका सीपीआईएम प्रार्थी सचिन खातीले आज पनि आफ्नो चुनावी प्रचार कार्यलाई जारी राखेका छन्।


तिनले आज मरियनबारी चियाबारी क्षेत्रमा पुगेर चुनाउ प्रचार गरे। यस अवधि तिनी जनताको घर दैलोमा गएर मानिसहरूलाई भेट्दै तिनीहरूको विविध समस्याहरू सुने। विशेष रूपमा बगान क्षेत्रमा मानिसहरूले रातो झण्डा देखेर स्वागत जनाएको र फेरि नयाँ आशा पलाएको कुरा गरेको सीपीआईएम प्रार्थी सचिन खातीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *