पंखाबारीमा समाज घर, नाला मरमति कार्यको सभासद कल्पना प्रधानद्वारा पुजा-अर्चना साथै शिलान्यास

खरसाङ (निसं): खरसाङ ब्लकको पंखाबारी-लङ्गभ्यू-अम्बटे समष्टिका सभासद तथा जीटीए कार्यकारी सभासद कल्पना प्रधानले सभासद कोषबाट सन् 1996 मा स्थापित पंखाबारी समाजको समाज घर निमार्ण गर्न हेतु जम्मा 4 लाख 37 हजार रुपियाँको लागतमा निर्माण हुने समाज घरको आज भूमि पूजन गरिन्। पंखाबारी सेन्टर लाइनस्थित जीर्ण अवस्थामा रहेको नालाको मरम्मती कार्यको पनि तिनले पूजा-अर्चना सहित शिलान्यास गरिन्।


उक्त शिलान्यास कार्यक्रममा पण्डित हरी खनाल,खरसाङ सिँचाइ विभागको साहयक अभियन्ता अभिनाश शर्मा, समाजका प्रतिनिधिहरू लगायत भागोप्रमो समष्टि सल्लाहकार सुबोध लामा, समष्टि सदस्य कल्याण लामा, शाखा समितिका सभापति,सचिव तथा प्रतिनिधिहरू उपस्थित थिए। यसबारे पंखाबारी लङ्गभ्यू अम्बटे समष्टिका मिडिया प्रभारी जिनोद परियारले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *