पानु दत्त मजुमदारको जयन्तीमा अन्तर कोचिङ क्याम्प फुटबल प्रतियोगिताको आयोजना

सिलगढी : क्रीड़ा संगठक दिवङ्गत पानु दत्त मजुमदारको 102औँ जयन्ती तथा 37औँ पुण्यतिथिको अवसरमा अन्तर-कोचिङ क्याम्प फुटबल प्रतियोगिताको आज आयोजना गरियो। दादाभाई स्पोर्टिङ क्लबको मैदानमा आज अन्डर-14 फुटबाल टुर्नामेन्टको आयोजना गरिएको छ। पानु दत्त मजुमदारको तस्विरमा माल्यार्पण गरेपछि फुटबल प्रतियोगिताको उद्घाटन गरियो। यस अवसरमा सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, सिलगढी महकुमा क्रीड़ा परिषदका फुटबल सचिव सौरभ भट्टाचार्य, भास्कर दत्ता मजुमदार लगायत अन्य उपस्थित थिए। पानु दत्त मजुमदार स्मृति सब पेयेछिर आसर र सिलगढी भेटरेन प्लेयर्स एसोसिएसनको सञ्चालनमा यस फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ।


उक्त प्रतियोगितामा मोठ 10 वटा फुटबल टोलीले अंश ग्रहण गरेको छ भने यसको फाइनल म्याच आगामी 6 जुलाईमा हुने भएको छ। प्रत्येक म्याचमा म्यान अफ् द म्याच, बेस्ट गोलकिपर, म्यान अफ् द सिरिज र च्यापियन तथा रनर टोलीहरूलाई पुरस्कृत गरिनेछ। यस सम्बन्धमा संस्थाको तर्फबाट भास्कर दत्त मजुमदारले भने, उक्त फुटबल प्रतियोगितामा सिलगढीको सबै खेलाड़ीहरूले अंश ग्रहण गरेका छन्। सिलगढीमा फुटबल खेललाई अझ अघि बढाएर लैजाने उद्देश्य लिएर उक्त प्रतियोगिताको आयोजना गरिएको हो।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *