पानु दत्त मजुमदारको स्मरणमा अन्तर कोचिङ क्याम्प क्रिकेट प्रतियोगिता

सिलगढी : खेलको माध्यमद्वारा पानु दत्त मजुमदारका छोरा राजाले आफ्ना बाबुको स्मरण गर्न चाहन्छन्। पानु दत्त मजुमदार शतवर्ष उद्यापन कमिटीको पहलमा वर्षभरि नै विभिन्न प्रकारको प्रतियोगितामूलक खेलहरूको आयोजना गर्ने गरिन्छ। यसै क्रममा आजदेखि सिलगढीको तराई तारापद आदर्श विद्यालय मैदानमा अन्तर कोचिङ क्याम्प क्रिकेट प्रतियोगिता शुरू गरियो। मोठ 8 वटा टोलीलाई लिएर आजदेखि शुरू गरिएको उक्त प्रतियोगिता आगामी 21 मार्चसम्म चल्ने भएको छ। प्रतियोगिताको शुरूमा उपस्थित अतिथिहरूले पानु दत्त मजुमदारको प्रतिकृतिमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यसबाहेक विशिष्ट खेलाड़ीहरूलाई पनि सम्वर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.