पानु दत्त मजुमदारको 101औँ जन्मजयन्तीको अवसरमा रक्तदान शिविरको आयोजना

सिलगढी : दिवङ्गत क्रीड़ा संगठक पानु दत्त मजुमदारको 101औँ जन्मदिनको अवसरमा डुवर्स ह्युमन केयर सोसाइटीको सहयोगमा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा रक्तदान शिविरको आयोजना गरियो। यसको साथै आवश्यकमन्द मानिसहरूलाई खानेकुरो पनि वितरण गरियो। उक्त शिविरमा लगभग 50 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने शिविरमा महिलाहरूले पनि रक्तदान गरिरहेकी छन्। शिविरमा संग्रह गरिएको रगत तराई लायन्स ब्लड ब्याङ्कमा पठाइने बताइएको छ।


पानु दत्त मजुमदार उद्यापन कमिटीका सदस्य भास्कर दत्त मजुमदारले बताएअनुसार पानु दत्त मजुमदारको जन्मदिनको अवसरमा दिनभरि विविध कार्यक्रमहरूको आयोजना गरिएको छ भने रक्तदान शिविर लगायत आवश्यकमन्द मानिसहरूलाई खानेकुरो पनि वितरण गरियो। यसबाहेक केही सामाजिक संगठनहरूलाई सम्मान जनाउँदै पुरस्कृत गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *