पानु दत्त मजुमदारको जन्म शतवार्षिकीको अवसरमा विविध खेलकुद प्रतियोगिताको आयोजना

सिलगढी : दिवङ्गत पानु दत्त मजुमदारको जन्म शतवार्षिकी कार्यक्रम गत 4 जुलाई 2020 देखि शुरू भएपछि विविध कार्यक्रमहरूको साथमा एक वर्षसम्म चल्ने भएको छ। पानु दत्त मजुमदार जन्म शतवर्ष उद्यापन कमिटीले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको छ। कमिटीका सभापति नान्टु पालले बताएअनुसार आजदेखि विभिन्न प्रतियोगिताहरू जस्तै अन्तर कोचिङ क्रिकेट क्याम्प प्रतियोगिता, भेटरन क्रिकेटरहरूको प्रदर्शनी क्रिकेट म्याच, चेस प्रतियोगिता, फुटबल प्रतियोगिता लगायत अन्य विविध खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ। यसको साथै पानु दत्त मजुमदारको जन्म शतवार्षिकी कार्यक्रम अन्तर्गत आगामी दिनमा खेलाडीहरूलाई लिएर र्‍याली निकाल्नको साथै विभिन्न खेलकुद प्रतियोगिताहरू, सेमिनार, अन्तर विद्यालय स्पोर्ट्स क्वीज आदिको आयोजना गरिने भएको छ। यसबाहेक शतवार्षिकी खेलकुद कार्यक्रमको अन्तमा  50 जना उत्कृष्ट खेलाडीहरूलाई सम्वर्द्धना जनाउनको साथै अन्य खेलाडीहरूलाई एथलेट अफ् द इयर अवार्डले सम्मानित गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *