परालमा आगो लाग्दा मानिसहरू आतङ्कित

नक्सलबारी: नक्सलबारीको मणीराम ग्राम पञ्चायत अन्तर्गत पर्ने दयाराम जोतमा गत राति घरको नजिक राखिएको परालमा भयावह आगो लाग्दा मानिसहरू आतङ्कित बन्न पुगे। स्थानीय मानिसहरूले यसबारे खबर दिएपछि नक्सलबारी अनि मतिगढ़ा अग्निशमनको एक-एकवटा इञ्जिनसहित कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए। समयमैं अग्निशमनका कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइएकोले गर्दा मात्र कुनै पनि ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *