पारस खडकाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्व कप्तान पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। आजकै दिन 2018 मा तिनको नेतृत्वमा नेपाल पहिलो एक दिवसीय म्याच जित्न सफल भएको थियो तर ठीक 3 वर्षपछि त्यही दिन आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। सन् 2002 देखि नेपाल राष्ट्रिय टोलीका लागि खेल्दै आएका खड्काले 2 दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन्। सन्यासको घोषणा गर्दै तिनले लेखेका छन् “अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरा सपना भने अझै बामे सर्दैछन्।” तिनको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन 5 बाट अगाडि बढ्दै 2014 मा टी–20 विश्वकप खेलेको थियो। तिनले नेपालको लागि 11 एकदिवसीय अनि 33 वटा टी 20 खेलेका छन्। 33 वर्षीय पारसले अन्तर्राष्ट्रिय स्तरमा 2 शतक अनि 5 अर्धशतक पनि लगाएका छन्। तिनले नेपाल देशको लागि मार्च 2020 मा थाइल्यान्ड विरुद्ध अन्तिम पटक म्याच खेलेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *