पार्वत्य तृणमूल कङ्ग्रेस सिन्कोना बगान कर्मी युनियनद्वारा एफपीआईएनएच-का संयुक्त सचिवलाई ज्ञापन

मङपु : पार्वत्य तृणमूल कङ्ग्रेस सिन्कोना बगान कर्मी युनियन अनि पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडेरेशनको संयुक्त पहलमा आज सिन्कोना निर्देशालय पेक्षागृहमा राज्य एफपीआईएनएच विभागका संयुक्त सचिव कस्तुरी सेन गुप्तासित भेट गरेर एउटा ज्ञापन चढाइयो। सिन्कोना बगानको श्रमिक कर्मचारीहरूको विभिन्न समस्यलाई लिएर उक्त ज्ञापन चढाएको बताइएको छ। टीएमसी नेताहरू क्रमैले रेजिना गुरुङ, सन्तोष खवास, किरण ब्लोन, सञ्जय थापा, सञ्जीब घिसिङ, टेकेन्द्र राई, सेवन सुब्बा, नबिन मिश्र, पवल प्रधान लगायत अन्य नेतृत्वहरूले संयुक्त सचिवलाई भेट गरेर नयाँ नियुक्ति नियम अनुसार सिन्कोना श्रमिकहरूलाई ग्रुप डी-मा पद्दोन्नति झट्टै गरिनपर्ने, सिन्कोना बगानमा उत्पादित बस्तुहरूको बजार व्यवस्थापन मङपु हेडक्वार्टरमा नै हुनुपर्ने, बगानको कामलाई सुचारू रूपले चलाउन मङपुमा रम्बी विभागबाट रेसेपलाई, रोङगोमा गैरीबाँसबाट नक्सललाई छुट्टै विभाग बनाउनु पर्ने, सिन्कोना बगानको सरकारी अस्पतालहरूमा डिजिटल एक्स-रे मसिन रखिनु पर्ने, सिन्कोना बगानको रिक्त अधिकारीको पदहरूमा स्थानीय शिक्षित व्यक्तिहरूलाई नियुक्त गरिनुपर्ने, परम्परागत नियम अनुसार नै सिन्कोना बगान श्रमिक कर्मचारीहरूको पद्दोन्नति गरिनु पर्ने आदिबारे ज्ञापन पत्रमा उल्लेख गरिएको छ। यसबारे संयुक्त सचिवले चाँडै सकारात्मक पहल गरिदिने युनियन टोलीलाई आश्वासन दिएको छ। आजको डेपुटेशनमा युनियनका नेताहरू लगायत सिन्कोना बगानका निर्देशक डा. सामुएल राई पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *