परिकल्पित रूपमा ममता ब्यानर्जीमाथि आक्रमण गरिएको हो : ओमप्रकाश मिश्रा

सिलगढी : नन्दीग्राम घटना पूर्ण रूपमा परिकल्पित रहेको साथै केही व्यक्तिहरूले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धक्का दिँदा तिनको खुट्टामा चोट लागेर घाइते भएकी हुन्। सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज चुनाउ प्रचार अवधि यस प्रकारको मन्तव्य पोखेका हुन्। चुनाउ प्रचार गर्न निस्केका मिश्राले आज सिलगढी नगरनिगमको 23 नम्बर वार्डस्थित सूर्यनगर मैदानमा पार्टीका कार्यकर्ताहरूसित चिया पिउँदै धेरै समयसम्म चुनाउबारे कुराकानी गरे। यसपछि तिनले नन्दीग्राम घटनाबारे आफ्नो प्रतिक्रिया दिँदै हिजो साँझ नन्दीग्राममा भएको घटना पूर्ण रूपमा परिकल्पित रहेको साथै जानीजानी ममता ब्यानर्जीलाई धक्का दिएको बताए। राज्यको डिजीलाई हटाउनको लागि नै यस प्रकारको षड्यन्त्र गरिएको तिनले आरोप लगाए। उक्त घटनाको सम्पूर्ण दायित्व चुनाउ आयोग कमिशनले लिनुपर्ने साथै घटनाको उचित जाँच गरेर दोषीहरूलाई सजाय दिनुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *