परिक्षार्थीहरूलाई कुनै प्रकारको समस्या भए ई-रिक्सा चालकहरूविरुद्ध कठोर कार्वाही गरिनेछ :  पुलिस कमिश्नर  

सिलगढी : सिलगढी सहरलाई जाम मुक्त बनाउनको लागि मेट्रोपोलिटन पुलिसको तर्फबाट केही निर्णयहरू लिइएको छ। सिलगढीको मुख्य सड़कहरूमा रिक्सा र ई-रिक्सा अर्थात् टोटोको आवाजाहीमा रोक लगाइएको छ। उक्त निर्देशिकापछि ई-रिक्सा चालकहरूले सिलगढी सहरमा प्रदर्शन शुरू गरेकोले माध्यमिक परिक्षार्थीहरूलाई निक्कै समस्याको सामना गर्न परिरहेको छ। आज यस विषयमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले स्पष्ट रूपमा ई-रिक्सा चालकहरूलाई चेताउनी दिँदै भने, भोलि सोमबार फेरि परीक्षा रहेकोले माध्यमिक र उच्च माध्यमिक परिक्षर्थीहरूलाई कुनै असुविधा भएको खण्डमा ई-रिक्सा चालकहरूविरुद्ध कठोर कार्वाही गरिनेछ। कुनै पनि परिस्थितिमा ल एन्ड अर्डर तोड्ने दिइने छैन। यदि कसैलाई कुनै प्रकारको असुविधा भएको खण्डमा पुलिस प्रशासन, मेयर र दार्जिलिङ जिल्लाशासक समक्ष राख्ने तिनले बताए। यदि कसैले मनमानी गरेर कानुन उल्लङ्घन गर्ने अथवा ल एन्ड अर्डर तोड्ने प्रयास गरेको खण्डमा तिनीहरूविरुद्ध कठो कार्वाही गरिने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *