परीक्षार्थीहरूको लागि दुईवटा बस परिसेवा

दार्जिलिङ: गोजमुमो अधिनस्थ जन समाजिक सहयोगले आउँदो उच्च माध्यमिक परीक्षा दिने परीक्षार्थीहरूको सुविधाको लागि दुईवटा बस परिसेवा सञ्चालन गर्ने भएको छ। प्राप्त जानकारी अनुसार यी दुईवटा बस परिसेवा परीक्षा अवधि चल्नेछ भने यीमध्ये एउटा बिहान ठीक 8 बजी लेबोङबाट चल्ने छ भने अर्को बस त्यहीँ समय टीक 8 बजी बिहान घुमबाट दार्जिलिङसम्म चल्ने बताइएको छ। परीक्षा दिने विद्य़ार्थीहरूलाई कुनै प्रकारको गाड़ी तथा ट्राफिकको समस्या नहोस् भन्ने उदेश्यले उक्त पहल गरिने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *