परिमल मित्रले भेट गरे तृणमूलका काउन्सिलरहरूसित

सिलगढी : वामफ्रन्टका वहिष्कृत काउन्सिलर परिमल मित्र आइतबार तृणमूल कांग्रेसमा सामेल भएपछि आज तिनी सिलगढी नगरनिगमका केही तृणमूल काउन्सिलरहरूको घरमा गएर तिनीहरूसित पार्टीको विविध विषयहरूलाई चर्चा गरे। यसको साथै विरोधी दल नेता रञ्जन सरकारसितको भेटमा तिनलाई आफ्नो पार्टीमा आएकोमा खुशी व्यक्त गर्दै मिठाई पनि खुवाए। यसैगरी, तिनले आज तृणमूल कांग्रेसका अन्य केही काउन्सिलरहरूलाई भेट गरेको साथै तिनीहरूसित विभिन्न राजनैतिक कार्यक्रमहरूबारे चर्चा गर्नको साथै तिनीहरूलाई मिठाई समेत खुवाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *