परिमल नगर सिलगढीलाई पराजित गरेर डीएसए डुवर्स फाइनलमा प्रवेश

सिलगढी : मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलाइएको दोस्रो सेमिफाइनल म्याचमा परिमल नगर सिलगढीलाई पराजित गरेर डीएसए डुवर्स फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा विजय टोली डीएसए-को तर्फबाट 7औँ अनि 48औँ मिनटमा हेमराज भुजेलले अनि 73औँ मिनटमा अभिषेक भुजेलले गोल गरे भने पराजित टोली परिमल नगरको तर्फबाट एकमात्र गोल खेलको 19औँ मिनटमा गरे। अब आजको खेलको विजय टोली डीएसए डुवर्सको भीडन्त फाइनल खेलमा दार्जिलिङ पुलिससित भिडन्त पक्का-पक्की भएको छ। आजको खेलमा टोलीको तर्फबाट 2 गोल छिर्‍याउने डीएसएका खेलाडी हेमराज भुजेललाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। आउँदो आइतबार 9 जनवरीको दिन अपरान्ह 2 बजीदेखि फाइनल खेला दार्जिलिङ पुलिस बनाम डीएसए डुवर्समाझ सम्पन्न हुने आयोजक समितिले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *