पारिवारिक विवादले गर्दा भाइद्वारा दाजुको हत्या

कुचबिहार : पारिवारिक विवादले गर्दा भाइले दाजुको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना कुचबिहार 1 नम्बर ब्लकको मोयामारी ग्राम पञ्चायतको छोटो अठारो कोटा इलाकामा घटेको हो। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त इलाका निवासी दुई दाजु-भाइ नासिरउद्दीन मियाँ र पसिरउद्दीन मियाँले तिनीहरूको दुईजना भाइ जमसेर अली र रहमत अलीमाथि धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै जमशेर अलीको मृत्यु भएको छ भने अन्य घाइते भएको बताइएको छ। तिनीहरूमाझ जमिनलाई लिएर विवाद चलिरहेको थियो। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *