पारिवारिक विवादले गर्दा ससुरालाई कुटपीट गरेको ज्वाइँविरुद्ध आरोप

कुचबिहार : पारिवारिक विवादले गर्दा ससुरालाई कुटपीट गरेको ज्वाइँविरुद्ध अभियोग उठेको छ। गम्भीर रूपमा घाइते अवस्थामा 60 वर्षीय ससुरा तापस सरकारको अस्पतालमा उपचार चलिरहेको छ। गाउँहरूले आरोपीलाई ज्वाइँलाई पक्रेर सामूहिक कुटपीट गरेको बताइएको छ। उक्त घटना आज बिहान कुचबिहारको टाकागछ बाँधेर पार इलाकमा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार लगभग 4 वर्ष अघि तापस सरकारको छोरी पायल सरकारको भीम सरकारसित बिहे भएको थियो। तिनीहरूको एउटा पुत्र सन्तान छ। बिहेपछि भीम सरकारले पायलमाथि अत्याचार गर्ने गर्दथ्यो। यसबारे धेरैपल्ट थाना अभियोग दर्ता गरिएको थियो। पायल सरकार हाल बाबुको घरमा बस्दै आइरहेकी थिइन्। ससुरालीमा आएर भीम सरकारले पायलमाथि अत्याचार गर्ने गरेको आरोप रहेको छ। आज बिहान ससुरा तापस सरकार बजारबाट गर फर्किरहेको समय टाकागाछ बाँधेरपार इलाकामा ज्वाइँ भीम अघिबाट उभिरहेका थिए। यसपछि ससुरालाई देख्न साथ भीमले गालीगलौच गर्न शुरू गरेपछि ससुरा तापसले यसको विरोध गर्दा तिनले रडले ससुरालाई कुटपीट गरेको आरोप रहेको छ। घटनापछि स्थानीय मानिसहरूले घाइते ससुरालाई उद्धार गरेर अस्पतालमा पठाउनको साथै तिनीहरूले आरोपी ज्वाइँलाई पक्रेर पुन्डीबारी थाना पुलिसलाई सुम्पदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *