पारिवारिक विवादले गर्दा स्वास्नीले गर्यो लोग्नेको हत्या

जलपाईगढी : पारिवारिक विवादको कारण लोग्नेको हत्या गरेको स्वास्नीविरुद्ध अभियोग उठेको छ। उक्त घटना जलपाईगढी जिल्लाको बानरहाट थाना अन्तर्गत बिन्नागुड़ी चियाकमानमा हिजो घटेको हो। बानरहाट पुलिसले आरोपी स्वास्नीलाई पक्राउ गरेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार रञ्जीत उराव र तिनकी स्वास्नी अग्नि उरावमाझ प्रायजसो विभिन्न विषयलाई लिएर विवाद हुने गरेको साथै अन्य दिन झैं हिजो साँझ लोग्ने-स्वास्नीमाझ झगडा हुँदा आक्रोशमा आएर स्वास्नीले लोग्ने रञ्जीतको टाउकोमा प्रहार गरेर तिनी गम्भीर रूपमा घाइते भए। घटनापछि स्थानीय मानिसहरूले घाइते रञ्जीत उरावलाई उद्धार गरेर अस्पतालमा लगे तापनि केही समयपछि तिनको मृत्यु भएको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *