परिवर्तन यात्रामा स्मृति इरानी र भाजपा सांसद सुब्रमनयम स्वामी दार्जिलिङ आउने

मिरिक: केन्द्रिय मन्त्री स्मृति इरानी अनि भाजपा सांसद सुब्रमनयम स्वामी आगामी 23 फरवरीको दिन दार्जीलिङ भ्रमणमा आउने भएका छन्। प्राप्त जानकारी अनुसार यस बर्ष हुने पश्चिम बङ्गाल बिधानसभा चुनाउमा भाजपा पार्टीका उम्मेद्वारहरूलाई बिजय हासिल गराउन तथा दार्जीलिङ पहाडको तीनै वटा बिधानसभा निर्वाचन क्षेत्रका जनतालाई रिझाउन केन्द्रिय मन्त्री स्मृति इरानी अनि भाजपा सांसद सुब्रमनयम स्वामी पहाड चढ्ने भएका छन्। आउँदो 23 फरवरीको दिन दार्जीलिङमा भाजपाको परिवर्तन यात्रामा तिनीहरू सहभागी बन्नेछन् भने यहाँको मोटर स्ट्यान्डमा हुने ऱ्याली सभालाई पनि सम्बोधन गर्ने जानकारी भाजपा राज्य समिति सदस्य मनोज देवानले दिएका छन् । देवानले बताएनुसार आउँदो 19 फरवरीदेखि कालेबुङबाट परिवर्तन यात्राको शुभराम्भ हुनेछ भने दार्जीलिङ, खरसाङमा परिवर्तन यात्रा निकालिइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *