परिवारवाद, लोभ र भ्रष्टाचार तृणमूल-को तीनवटा प्रमुख एजेन्डा : शुभेन्दु अधिकारी

सिलगढी : भाजपा नेता शुभेन्दु अधिकारी आज विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा आइपुगेपछि त्यहाँबाट सोझै अलिपुरद्वारतर्फ प्रस्थान गरे। यसभन्दा अघि तिनले हवाईअड्डा परिसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हिजो कोलकातामा तृणमूलको सांगठनिक सभा सम्पन्न भएको थियो। उक्त सभामा तृणमूल सुप्रिमो ममता ब्यानर्जी, महासचिव अभिषेक बन्दोपाध्याय मुख्य रूपमा उपस्थित थिए। उक्त सभालाई लिएर कटाक्ष कस्दै तिनले भने, सभाको मञ्चमा भतिजो लगायत डकैतहरू आसिन थिए भने तलतिर चोरहरू थिए। एक समयमा आफू पनि त्यहीँ पार्टीमा रहेको कुरालाई स्मरण गराउँदै तिनले उक्त पार्टी 3 वटा एजेन्डा परिवारवाद, लोभ र भ्रष्टाचारले चल्ने गर्दछ भन्दै आरोप लगाए। यसको साथै तिनले आज तृणमूल अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको खोइरो खने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *