पर्जापट्टाको मागमा गोजमुमो-ले गर्ने हस्ताक्षर अभियान

खरसाङ: जीटीए क्षेत्रका मानिसहरूको पर्जापट्टाको मागमा आगामी 11 अक्टोबर बिहान 11 बजीदेखि खरसाङको मोटर स्ट्याण्डमा गोजमुमोले हस्ताक्षर अभियान गर्ने भएको छ। उक्त अभियानमा युवा मोर्चा खरसाङ महकुमा समितिको पूर्ण सहयोग र सहभागिता रहने युवा मोर्चा खरसाङ महकुमा समिति अध्यक्ष पेमेन्द्र गुरूङले जानकारी दिएका छन्। आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै गुरूङले पुस्तौँदेखि बस्दै आइरहेका मानिसहरूको जमीनको पर्जापट्टा आजसम्म नहुनु एउटा ठुलो विडम्बना हो भन्दै यसको मागमा पार्टीले जुन पहल गरिरहेछ त्यसलाई युवा मोर्चाले पूर्ण सहयोग गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *