पार्किङ विवादलाई लिएर कुटपीट गरेको आरोपमा अस्पताल प्रबन्धक पिन्टु रस्तोगी पक्राउ

सिलगढी : पार्किङ विवाद मामिलामा बाउन्सर बोलाएर स्थानीय निवासी विनीत बन्सललाई कुटपीट गरेको आरोपमा सिलगढीको प्यारामाउन्ट नर्सिङ होमका प्रबन्धक पिन्टु रस्तोगीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार हिजो सिलगढी नगरनिगमको 9 नम्बर वार्ड मङ्गल पान्डे रोडस्थित प्यारामाउन्ट नर्सिङ होम बाहिर पार्किङको समस्यालाई लिएर स्थानीय मानिसहरूले विरोध गरे। प्यारामाउन्ट अस्पताल प्रबन्धकलाई पार्किङ व्यवस्था अलग्गै बनाउने विषयमा धेरैपल्ट अपील गरे तापनि हालसम्म कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। स्थानीय विनीत बन्सलले आफ्नो घर बाहिर वाहन पार्किङ गर्न नदिँदा अस्पताल प्रबन्धनसित तिनको विवाद शुरू भयो। यसपछि अस्पतालका प्रबन्धक पिन्टु रस्तोगीले बाउन्सर बोलाएर विनीत बन्सललाई कुटपीट गरेपछि तिनी घाइते भएको बताइएको छ। घटनापछि विनीत बन्सलले खालपाड़ा पुलिस आउटपोस्टमा अस्पताल प्रबन्धक लगायत अन्य केही व्यक्तिविरुद्ध एउटा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले पिन्टु रस्तोगीलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गरेपछि 7 जनवरीसम्मको लागि न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *