पार्किङ समस्या समाधान गर्न मिरिक ट्राफिक पुलिसको पहल

मिरिक (निसं): मिरिकमा ट्राफिक ब्यवस्थालाई दुरूस्त राख्न साथै जतासुकै गाडीहरूलाई पार्किङ गर्न नदिनको लागि मिरिक ट्राफिक पुलिसले आज बुधवार मिरिक बजारमा धर्का कोरेर गाडीहरू राख्ने स्थान निदिष्ट गरिदिएको छ। मिरिक ट्राफिक ओसी नितिन रोयले मिरिकमा ट्राफिक समस्यालाई ब्यवस्थित गर्न उक्त पहल गरिएको जानकारी दिएका छन्। तिनले सबैलाई जतासुकै गाडीहरू पार्किङ नगरिदिने अनुरोध पनि गरेका छन्। यदि कसैले ट्राफिक नियमको उल्लङ्घन गरेको खण्डमा कानुनी कार्वाही गरिने तिनले चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *