पर्मागढी तामसाङ ग्राम पञ्चायत बोर्ड गठन गर्ने स्वतन्त्र निर्वाचित सदस्यहरूको निर्णय

दार्जिलिङ: पर्मागढी तामसाङ ग्राम पञ्चायत क्षेत्रको स्वतन्त्र निर्वाचित सदस्यहरूको एउट बैठक आज सम्पन्न भयो। उक्त बैठकमा निर्वाचित स्वतन्त्र सदस्यहरूले पर्मागढी तामसाङ ग्राम पञ्चायत गठन गर्ने निर्णय लिएका छन्। सभापछि पर्मागढी तामसाङ ग्राम पञ्चायतको निर्वाचित समिति सदस्य मनिता गुरूङ शेर्पाले तपाईहरूको बहुमूल्य भोट पाएर आफू पञ्चायत समिति सदस्य निर्वाचित भएको बताइन्। आफू लगायत चारजना स्वतन्त्र निर्वाचित सदस्यहरूले चुनाउ अवधि निर्वाचित भएको खण्डमा स्वतन्त्र रहेर नै आफ्नो गाउँ र क्षेत्रको विकाश गर्ने जुन वाचा गरेका थियौँ त्यस वाचाप्रति आफूहरू वचनबद्ध छौँ भनी बताइन्। आजको बैठकमा हामीले स्वतन्त्र निर्वाचित सदस्यहरूले पर्मागढी तामसाङ ग्राम पंचायत बोर्ड गठन गर्ने निर्णय लिएका छौ। यसैले कुनै राजनैतिक दल एवम् नेतृत्वहरूले हाम्रो कुनै पनि स्वतन्त्र निर्वाचित सदस्यहरूलाई रुपियाँको प्रलोभन देखाएर किन्ने प्रयास नगरी दिने स्वतन्त्र निर्वाचित सदस्य मनिता गुरूङ शेर्पाले आहवान गरेकी छन्। तिनले अझ भनिन्, हामी स्वतन्त्र रूपमा चुनावी मैदानमा ओर्लिएका थियौँ अनि पाँच वर्षसम्म हामी स्वतन्त्र बस्ने छौँ। हाम्रो कार्यमा हस्तक्षेप नगरीदिने मनिता गुरूङ शेर्पाले पुनः अनुरोध गरेकी छन्। जनताको सेवा र आफ्नो क्षेत्रको विकास गर्नलाई स्वतन्त्र उम्मेद्वारको रूपमा चुनावी मैदानमा आफूहरू ओर्लिएका थियौँ अनि हामी स्वतन्त्र निर्वाचित सदस्य भएर नै आफ्नो गाउँ र क्षेत्रको विकास गर्नेछौं। हाम्रो गाउँ एवम् क्षेत्रमा अहिले शान्ति छाएको छ। किन बेचको कुरा गरेर हाम्रो गाउँ र क्षेत्रको शान्ति श्रृङ्खलालाई भङ गर्ने प्रयास नगरी दिनुहोस्। किन बेचको कुरा गर्दा तपाईँहरूप्रति कुनै प्रकारको अप्रिय घटनाहरू घटेको खण्डमा त्यसको जिम्मेवार स्वयम् तपाईँहरू नै हुनु हुनेछ भनी मनिता गुरूङले चेताउनी दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *