पार्षद दिलीप बर्मनको पहलमा वृद्धाको घरमा बिजुलीको व्यवस्था

सिलगढी :  सिलगढी नगरनिगमको 46 नम्बर वार्ड पोकाइजोत इलाका निवासी एकजना वृद्धा जितनी सिंह गत केही वर्षदेखि बिजुली बत्ती बिनै जीवन बिताइ रहेकी छन्। आर्थिक अवस्था कमजोर रहेकोले वृद्धा महिलाले घरमा बिजुली बत्तीको कनेक्सन लगाउन सकेकी थिइनन्। यसबारे खबर पाएपछि वार्ड पार्षद दिलीप बर्मनको पहलमा उक्त महिलाको घरमा बिजुली बत्तीको कनेक्सन लगाइयो। घरमा बिजुली बत्ती लगाएपछि उक्त वृद्धा महिला निक्कै खुसी भएकी छन्। प्राप्त जानकारी अनुसार सिलगढीको 46 नम्बर वार्डको पोकाइजोत निवासी एउटी वृद्धा जितनी सिंहको घरमा गत धेरै वर्ष अघिदेखि बिजुलीको लाइन थिएन। जितनी सिंह आफ्नो लोग्ने र दुईजना छोराको मृत्युपछि आफ्नी छोरीसित उक्त घरमा बस्दै आइरहेकी थिइन्। आर्थिक अवस्था कमजोर भएकोले घरमा बिजुलीको व्यवस्था गर्न सकेकी थिइनन् भने गत केही वर्षदेखि दुवै आमा-छोरी बिजुली बत्ती बिनै जीवन बिताइरहेकी थिइन्। यस सम्बन्धमा वार्ड पार्षद दिलीप बर्मनले बताएअनुसार सिलगढी सहरको विकास भइरहेको छ। सहरको केही ठाउँमा यस्ता धेरै घरहरू रहेको छ, जहाँ बिजलीको लाइन छैन। तिनले जितनी सिंहको समस्याबारे थाहा पाएपछि तत्कालै उक्त घरमा बिजुली बत्तीको व्यवस्था गरिदिए। बिजुली बत्तीको व्यवस्था नभएको वार्डको घरहरूमा बिजुलीको व्यवस्था गरिदिने प्रयास गर्ने तिनले बताए। घरमा बिजुलीको लाइन आएपछि वृद्धा महिला निक्कै खुसी भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *