पार्टी अध्यक्ष विनय तामाङको उपस्थितिमा कालेबुङ जिल्लाको चुनावी सभा

कालेबुङ : विधानसभा चुनाउलाई लिएर गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिले लगातार सांगठनिक बैठकहरू गरिरहेको छ। यसै क्रममा आज पार्टीको केन्द्रिय समिति अध्यक्ष विनय तामाङको उपस्थितिमा कालेबुङ जिल्ला समिति अनि यहाँको 13 वटै समष्टिका प्रतिनिधिहरूलाई लिएर स्थानीय पार्टी कार्यालयमा चुनावी सभा सम्पन्न गरियो। केन्द्रिय समिति सहसचिव तथा बीओए सदस्य सञ्चवीर सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभाको शुरूमा जिल्ला समिति चुनाउ संयोजक सान्डुप लामाले स्वागत सम्बोधन राख्दै आफ्नो रिपोर्ट पेश गरे। यसैगरी, जिल्ला अध्यक्ष सीबी गुरूङले कालेबुङ जिल्ला समिति अनि 13 वटा समष्टिहरूमा भइरहेको चुनाउको तयारी विषयलाई लिएर लिखित प्रतिवेदन पेश गरे। यसबाहेक प्रत्येक समष्टिका प्रतिनिधिहरूले पनि आ-आफ्नो प्रतिवेदन सभामा प्रस्तुत गरे।

सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष विनय तामाङले चुनाउको निम्ति अझ सक्रिय भएर काम गर्नुपर्ने सबै पार्टी कार्यकर्ताहरूलाई आहवान गरे। अघिल्लो लोकसभा चुनाउको रिपोर्टलाई अध्ययन गरेर रणनीति बनाउने तिनले प्रत्येक पार्टी कार्यकर्ताहरूलाई निर्देश पनि दिए। आउँदो विधानसभा चुनाउमा पार्टीले पहाडको तीनैवटा विधानसभा आसन दार्जिलिङ, कालेबुङ र खरसाङमा प्रार्थीहरू आफ्नै चुनाउ चिन्हमा उठाउने तिनले बताए। तिनले गोजमुमो विनय पन्थीसँग जातिसित सम्बन्धित 4 वटा प्रमुख मुद्दाहरू रहेको बताउँदै हामीले गोर्खा एकता देखाएर काम गर्न सके। यी मुद्दाहरूको छिनाफाना हुने सम्भावना रहेको तिनले दावी गरे। तिनले नेता तथा कार्यकर्ताहरूलाई अब सुत्नु छोडेर अन्योलमा परेको जनतालाई घर-दैलोमा गएर बुझाउने निर्देश पनि दिए। सभामा जिल्ला अध्यक्ष सीबी गुरूङ, केन्द्रिय समिति सदस्य रूदेन लेप्चा, जिल्ला महासचिव गायत्री मुखिया, प्रवक्ता भुवन खनाल, सचिव विनय घिसिङ, युवा मोर्चा अध्यक्ष विदुर राई, सचिव अमिर बस्नेत, नारी मोर्चा अध्यक्ष शशि प्रधान, सचिव सुनिता भुजेल, उपाध्यक्ष दीपेन शेर्पा, कार्यकारी अध्यक्ष बारूद थापा आदि प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes