पार्टी विरोधी कार्य गरेको आरोपमा कार्तिक मण्डल तृणमूलबाट निष्कासित

सिलगढी : पार्टी विरोधी गतिविधिहरूको आरोपमा पोराझारको 19/95 पार्टका पूर्व पञ्चायत कार्तिक मण्डललाई तृणमूल कङ्ग्रेसबाट निष्कासित गरिदिएको छ। फुलबारी 1 नम्बर तृणमूल कङ्ग्रेसका नवनियुक्त अञ्चल अध्यक्ष मोहम्मद अहिदले आज यसबारे जानकारी दिएका छन्। तिनले अम्बिकानगरस्थित तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर कार्तिक मण्डलले विधानसभा चुनाउमा भाजपाको लागि काम गरेका थिए। तिनको पार्टी विरोधी गतिविधिहरूको कारण विधानसभा चुनाउमा पोराझारको सबै 92/93/94/95 पार्टमा तृणमूल कङ्ग्रेस पराजित भएको थियो। यसैले तिनलाई पार्टीबाट निष्कासित गरिदिएको मोहम्मद अहिदले बताए। तथापि, यस सम्बन्धमा निष्कासित तृणमूल नेता कार्तिक मण्डलको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *