पार्टी समर्थक अनि गाउँलेहरूसित मनाए होली उत्सव प्रार्थी अशोक भट्टाचार्यले

सिलगढी: संयुक्त मोर्चाका वामपन्थी उम्मेदवार अशोक भट्टाचार्यलाई आज बिहान होलीको तिहारमा रमझम गरेको देखियो। आज घरबाट चुनाउ प्रचारमा निस्किन अघि पार्टीका  कार्यकर्ता तथा समर्थकहरूले अशोक भट्टाचार्यलाई होलीको शुभकामना दिँदै विभिन्न रङ्गी-विरङ्गी अबीर लगाइदिए।  यसपछि अशोक भट्टाचार्य आफ्नो इलाकाको साना नानीहरू, कार्यकर्ता अनि समर्थकहरूसित पनि होली खेले। चुनाउ प्रचार अवधि अशोक भट्टाचार्यले भने, पश्चिम बंगाल रङ्गी-बिरङ्गी फूलहरूको बघैचा जस्तो छ। सबै धर्मका मानिसहरू यहाँ बसोवासो गर्दछन्। तर पगला गोरूले यस सजाइएको बघैचामा पसेर नष्ट गर्ने कोशिश गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *