पर्यटकहरू अबदेखि साइकलको माध्यमद्वारा डुवर्स घुम्न सक्ने

अलिपुरद्वार: पर्यटकहरू अब साइकलमा सवार भएर डुवर्स घुम्न सक्नेछन्। अलिपुरद्वार जिल्ला प्रशासनले आज दमनपुरबाट राजाभातखावासम्म पर्यटकहरूको लागि साइकलको व्यवस्था गरेको छ। पर्यटकहरू केवल 50 रुपियाँमा साइकलमा सवार भएर बक्सा जङ्गल इलाका घुम्न सक्नेछन्। आज अलिपुरद्वार जिल्ला प्रशासनद्वारा डुवर्स दर्शननामक एउटा परियोजनाको माध्यमद्वारा बक्सा बाघ प्रोजेक्टको राजाभातखावा इलाकाको एउटा स्वनिर्भर समूहलाई 5 वटा साइकल प्रदान गरियो। अबदेखि पर्यटकहरू साइकलमा सवार भएर बक्सा बाघ प्रोजेक्टको सुन्दर प्राकृतिक दृश्यको आनन्द लिन सक्नेछन्। आज बिहानदेखि दमनपुर इलाकाबाट उक्त परिसेवाको शुभारम्भ गरियो। यस अवसरमा जिल्लाशासक सुरेन्द्र कुमार मीणा, अतिरिक्त जिल्ला शासक स्मृति रञ्जन महन्ती र परियोजनाका अतिरिक्त क्षेत्र अधिकारी प्रवीण कासवान लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *