पर्यटकहरूको लागि आजदेखि खोलियो बंगाल सफारी पार्क

सिलगढी : सिलगढी सालुगढा संलग्न बंगाल सफारी पार्क आज 8 महीनापछि पर्यटकहरूको लागि खोलियो। बंगाल सफारी पार्क प्रबन्धनले पार्कमा घुम्न आउने मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर मुख्य प्रवेश द्वारमा थर्मल स्क्रिनिङ, सेनिटाइज गरेपछि मात्र पार्कमा प्रवेश गर्ने अनुमति दिएको छ। लगभग 8 महीनासम्म उक्त पार्क बन्द रहेकोले लगभग 1 करोड़  30 लाख रुपियाँको नोक्सान भएको पार्क कर्तृपक्षले जनाएको छ। पुजा अगावै बंगाल सफारी पार्क खोलिएकोमा पर्यटकहरूमा खुशीको माहौल छाएको छ। बंगाल सफारीका प्रबन्धनले पुजाको समयमा धेरै संख्यामा पर्यटकहरू बंगाल सफारी पार्क घुम्न आउने आशा साँचेका छन्। केही दिन अघि मात्र बंगाल सफारी पार्कमा 3 वटा रोयल बेङ्गल टाइगरको जन्म भएकोले पार्कमा रौनकता छाएको छ। उल्लेखनीय छ, बंगाल सफारी पार्क खोल्नेको लागि राज्यका वन मन्त्रालयको तर्फबाट केही गाइडलाइन जारी गरेको छ। उक्त गाइडलाइन अनुसार मानिसहरूले अनलाइनको माध्यमद्वारा टिकट बुक गर्न सक्नेछन् भने मानिसहरूको भीड जम्मा नहोस् भन्ने उद्देश्य लिएर टिकट काउन्टर बन्द राखिनेछ।


   

यसको साथै सफारी पार्कभरि सेनिटाइजेशन टनलको पनि व्यवस्था गरिनेछ भने पहिलो टनल पार्कको प्रवेश द्वारमा राखिनेछ। सफारी गराउनको लागि 10 वटा बस चलाइनेछ भने सामाजिक दूरीलाई पालन गर्दै एकपल्टमा 12 जना पर्यटकलाई वाहनमा चढाइनेछ। तथापि, हाती सफारी बन्द राखिने भएको छ। वन मन्त्रालयको तर्फबाट सामाजिक दूरी पालन गर्ने एवम् मानिसहरूको भीड जम्मा नहोस् भन्ने उद्देश्यले बंगाल सफारीमा एक दिनमा मात्र 3 हजार पर्यटकहरूलाई प्रवेश गर्ने अनुमति दिइने निर्देश दिएको छ। यसको साथै सफारी पार्कको क्यान्टिनमा एकपल्टमा मात्र 30 जना मानिसहरूले खाना खान सक्नेछन्। बंगाल सफारी पार्क प्रबन्धनका डायरेक्टर बादल देवनाथले सबै सुरक्षा विधिलाई पालन गर्दै आजदेखि बंगाल सफारी पार्क पर्यटकहरूको लागि खोलिदिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *