पर्यटकहरूको लागि आजदेखि खोलियो कोदालबस्ती सीसी लाइन

अलिपुरद्वार : पर्यटकहरूको लागि आजदेखि कोदालबस्ती सीसी लाइन खोलिदिएको छ। वनमन्त्री ज्योतिप्रिय मल्लिकको उपस्थितिमा आजदेखि पर्यटकहरूको लागि उक्त सीसी लाइन खोलिदिएको छ। गत 7 जुनमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोदोलबस्तीको परिभ्रमण गर्नको लागि अलिपुरद्वार आएकी थिइन्। त्यस समय कोदालबस्ती इलाकाका मानिसहरूले सीसी लाइन चाँडै पर्यटकहरूको लागि खोलिदिने अपील गरेका थिए। यसपछि आज वन मन्त्री ज्योतिप्रिय मल्लिकको उपस्थितिमा सीसी लाइन पर्यटकहरूको लागि खोलिदिएको छ। यस अवसरमा वनमन्त्रीले भने,  जङ्गलको लागि विभिन्न योजनाहरू रहेको छ।  जङ्गल तथा जङ्गल संलग्न कटेजहरूको बढाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *