पर्यटकहरूको लागि हप्तामा दुई दिन रेड पाण्डा टोय ट्रेन परिसेवा शुरू

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको स्पेसियल ट्रेन खरसाङदेखि महानदीसम्म हिजोदेखि पर्यटकहरूको लागि रेड पाण्डा नाम गरेको टोय ट्रेन परिसेवा शुरू भएको छ। एडीआरएम सञ्जय चिलवारको बाहुलीबाट रिबन काटेर साथै  एडीआरएम सञ्जय चिलवार र डीएचआरका डाइरेक्टर एके मिश्रले हरियो झण्डा देखाएपछि उक्त टोय ट्रेन महानदीतर्फ प्रस्थान गर्यो। उक्त रेड पाण्डा नाम गरेको स्पेसियल ट्रेन अब प्रत्येक साताको शनिबार र आइतबार चल्ने भएको छ। उक्त टोय ट्रेन खरसाङबाट शुरू गरेर गिद्ध पहाड़स्थित रक गार्डन परिसरमा रहेको भ्यु पोइन्टमा 10 मिनट पर्यटकहरूको लागि रोकिनेछ भने त्यसपछि महानदीसम्म मोठ 7 किलोमीटरको यात्रा तय गर्नेछ।


 

यस अवसरमा एडीआरएमले पत्रकारहरूसित कुराकानी गर्दै भने, खरसाङदार्जिलिङ क्षेत्रको पर्यटकहकहरूको मागमा नै रेड पाण्डा नाम गरेको यो स्पेसल टोय ट्रेन खरसाङदेखि महानदीसम्म चलाउन शुरु गरिएको हो। उक्त ट्रेन खरसाङबाट बिहान 11 बजेर 15 मिनटमा शुरू भएर महानदी पुगेर पुनः 12.55-मा खरसाङ आइपुग्ने र यसबीच गिद्ध पहाड़को भ्यू पोइन्टमा 10 मिनटको लागि रोकिने तिनले जानकारी दिए। यो स्पेसल ट्रेन प्रत्येक साता शनिबार र आइतबार चल्ने साथै यो ट्रेन डीएचआरको लागि बुस्टअप हो। हाल केवल एउटा मात्र ट्रेन परिसेवा शुरू गरिएको छ भने पर्यटकहरूको माग अनुसार उक्त परिसेवा अझ बढ़ाइने तिनले बताए। प्रत्येक व्यक्तिको लागि उक्त ट्रेनको आउने-जाने भाड़ा  एक सिजन अनुसार एक हजार र बाह्र सय रुपियाँ रहेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *