पर्यटकहरूको मनोरञ्जनको लागि भिस्टाडोम टुरिस्ट स्पेसल ट्रेन शनिबारदेखि शुरू गरिने

सिलगढी : भिस्टाडोम टुरिस्ट स्पेसल ट्रेन आगामी शनिबारदेखि शुरू गरिने भएको छ। एनजेपी स्टेसनमा आज रेलवे अधिकारीहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यस अवसरमा अलिपुरद्वारका डीआरएम, कटिहार डिभिजनका डीआरएम उपस्थित थिए। भिस्टाडोम टुरिस्ट स्पेसल ट्रेन आगामी शनिबारदेखि शुरू गरिने भएकोले पर्यटक तथा यात्रीहरू निक्कै उत्साहित छन्। प्रत्येक हप्ताको शुक्रबार, शनिबार र आइतबार उक्त ट्रेन सिलगढीको एनजेपी स्टेसनदेखि अलिपुरद्वार स्टेसनसम्म चलाचल गरिने छ भने विशेष केही स्टेसनहरूमा यसको स्टपेज रहेको छ। यस अवसरमा रेलवेका अधिकारीहरूले बताएअनुसार चाल्सा र हाँसीमारामा पनि उक्त ट्रेन रोकिनेछ भने त्यहाँ ट्रेनमा सवार यात्रुहरूलाई मनोरञ्जन गराउनको लागि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। उक्त ट्रेनमा भिस्टाडोम कोचबाहेक नन एसी चेयर कार र एसी चेयर कारको पनि व्यवस्था गरिएको छ। भिस्टाडोम कोचमा मोठ 44 वटा सिट रहनेछ भने उक्त सिटहरू घुमाउन सक्ने भएकोले यात्रीहरूले ट्रेनको झ्यालबाट चारैतिरका जङ्गलको सुन्दर दृश्यहरूको आनन्द उठाउन सक्नेछन्। यसबाहेक पर्यटक तथा यात्रीहरूले आईआरसीटीसीबाट खानेकुरो किन्न सक्नेछन्। उक्त ट्रेनमा यात्रा गर्नको लागि आगामी दुई हप्ताको बुकिङ फुल भइसकेको छ भने यसपछिको ट्रेन यात्राको लागि लगभग 50 प्रतिशत सिट बुकिङ भइसकेको रेलवे अधिकारीहरूले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes