पर्यटन स्थल जामुनेको युवा मोर्चाद्वारा सर-सफाई

बिजनबारी: आफ्नो ठाउँ सफा राखौ भन्ने नाराको साथमा गोर्खा जनमुक्ति युवा मोर्चा पुल बिजनबारी गोक समष्टीद्वारा पर्यटन स्थल जामुने परिसरमा सर-सफाई गरियो। समष्टिका युवा मोर्चा सभापति सनित लामाको अगुवाईमा आयोजित सर-सफाई कार्यक्रममा जामुने परिसर लगायत यहाँको चिल्ड्रेन पार्कमा व्यापक रूपमा सर सफाईसँगै अनावश्यक झारपातहरू काटेको छ। पर्यटन स्थल जामुने परिसरमा बर्खाको पानी तथा अनावश्यक झारपातले अत्यन्तै मैला भएकोले गर्दा आज समष्टि युवा मोर्चा सभापतिको अगुवाइमा सर-सफाई गरेको बताइएको छ। गत 2017 सालदेखि बन्द अवस्थामा रहेको यस पर्यटन स्थललाई पुन: सुचारु राख्न विभागीय रूपमा पहल गरिदिने स्थानीय युवाहरूले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *