पर्यटनलाई बढावा दिनको लागि 13 नोभेम्बरदेखि दार्जिलिङमा घुम फेस्टिभल 2021-को आयोजना गरिने

सिलगढी : दार्जिलिङ पहाडको पर्यटन शिल्पलाई बढावा दिने उद्देश्य लिएर आगामी 13 नोभेम्बरदेखि 5 दिसम्बरसम्म दार्जिलिङमा घुम फेस्टिभल 2021-को आयोजना गरिने भएको छ। उत्तर-पूर्व सीमान्त रेलवेको तर्फबाट यो उत्सवको आयोजना गरिएको हो। आज साँझ एनजेपीको रेलवे वैद्युतीकरण कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरियो। यस अवसरमा उत्तर-पूर्व सीमान्त रेलवे जोनलका म्यानेजर अन्सुल गुप्ता, कटिहार डिभिजनका डीआरएम एसके चौधरी उपस्थित थिए। घुम उत्सवको लागि लोगो अङ्कित गरिएको टीसर्ट, थिम सङ र फेस्टिभलको एउटा प्रमो भीडियो लन्च गरियो भने पूर्व सीमान्त रेलवे जोनलका म्यानेजर अन्सुल गुप्ताले लोगो, गीत र भीडियोको उद्घाटन गरे। पर्यटकहरूलाई घुम लगायत ऐतिहासिक टोय ट्रेनबारे जानकारी गराउनको लागि उक्त फेस्टिबलको आयोजना गरिने रेवलेको तर्फबाट जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *