पर्यावरण रक्षाको सन्देश दिँदै सिलगढीमा तीनदिने  चित्र प्रदर्शनी 

सिलगढी: सिलगढीमा प्रत्येक वर्ष झै पृथ्वीलाई हरियाली साथै सुन्दर बनाउने उद्देश्य लिएर पर्यावरणको रक्षा गर्ने सन्देश दिँदै आरवाईबी  सिलगढी संस्थाको तर्फबाट चित्र प्रदर्शनीको आयोजना भइरहेको छ।  उक्त तीन दिवसीय प्रदर्शनी हिज मंगलवारदेखि सिलगढीको तथ्य केन्द्रको रामकिङ्कर हलमा सुरू भएको छ। उक्त प्रदर्शनीमा रोमानिया, अस्ट्रेलिया, थाईल्याण्ड र बांग्लादेश सहित पश्चिम बंगालको 63 जना कलाकारहरूको पेन्टिङ राखिएको छ। दोस्रो दिन आज बुधवार पनि चित्रकारहरूले सबै सामु पेन्टिङ गरे। उक्त प्रदर्शनी हेर्नको लागि आउने मानिसहरू उत्साहित देखिन्छ। प्रदर्शनीमा राखिएको चित्रहरू खरिद पनि गर्न सकिने छ। भोली बिहिवार तेस्रो अन्तिम दिन नानीहरूसित हरियाली विषयमा विशेष कार्यशालाको आयोजना गरिने संस्थाका राजीव बागले जानकारी दिएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *