पासपोर्ट बनाउनमा बङ्ग्लादेशी युवकलाई सहयोग गरेको आरोपमा व्यक्ति पक्राउ

खोरीबारी : पासपोर्ट बनाउन जाँदा सन्देहको आधारमा एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेको थियो भने उक्त घटनामा पुलिसले अझ एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी गत 24 दिसम्बरमा खोरीबारी पुलिसको खुफिया विभागमा पासपोर्ट भेरिफिकेसनको लागि गएका एकजना बङ्ग्लादेशी युवकलाई सन्देहको आधारमा पक्राउ गरेको थियो। पक्रा परेका युवकलाई हिरासतमा लिएर सोधखोज गरेपछि हिजो निर्मल महन्त नाम गरेको अझ एकजनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिले उक्त बङ्ग्लादेशी युवकलाई आवश्यक कागजपत्र बनाउनमा सहयोग गरेको आरोप रहेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, पक्रा परेका बङ्ग्लादेशी युवकसित पुलिसले सोधखोज गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *