पास्टिन सामाबियोङ चियाबगानमा राम कुमार राईको हत्या

कालेबुङ: गोरूबथान खण्ड अन्तर्गत घन्टी डाँडा ग्राम पञ्चायत, पास्टिन सामाबियोङ चिया बगानको टिकेडाडाँ निवासी स्वर्गीय कान्छा राईको जेठा छोरा राम कुमार राई (48 वर्षीय) को हत्या भएको छ। तिनलाई 62 वर्षीय मनबहादुर तामाङले हिजो हत्या गरेको घटना प्रकाशमा आएको छ। स्थानीयवासीहरुको भनाई अनुसार हत्यारा मनबहादुर तामाङको मानसिक सन्तुलन ठीक छैन। स्थानीय सबीर भूजेलले दिएको जानकारी अनुसार मृतक राम कुमार राई हिजो मनबहादुर तामाङको घरमा खाजा पुऱ्याउनु जाँदा तिनलाई ढुंगा अनि कचेटले प्रहार गरेपछि तिनको मृत्यु भएको हो। पुलिसले हत्यारा मनबहादुर तामाङलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *