पासपोर्ट बनाउने क्रममा बङ्ग्लादेशी युवक पक्राउ

खोरीबारी : पासपोर्ट बनाउने क्रममा एकजना बङ्ग्लादेशी युवकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका बङ्ग्लादेशी नागरिक चन्दन कुमार महन्तको रूपमा चिन्हित गरिएको छ। खोरीबारी पुलिसको गुप्तचर विभागमा पासपोर्ट भेरिफिकेशन गर्ने क्रममा सन्देह लागेर आरोपीको कागजपत्रको जाँच गर्दा नकली रहेको पुष्टि भयो। पुलिसले आरोपीबाट बङ्ग्लादेशी परिचय पत्र, जन्म प्रमाण पत्र, भारतीय भोटर कार्ट, आधार, प्यान कार्ड पनि उद्धार गरेको छ। खोरीबारी पुलिसले आरोपीलाई रिमान्डमा लिएर घटनाको जाँच गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *