पशुमा लाग्ने छालाको रोग लम्पीबारे सिटोङको तुरुकमा जनचेतना कार्यक्रम साथै दवाई वितरण

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर तुरुकमा पशुमा लाग्ने छालाको रोग लम्पी विषयमा जनचेतना कार्यक्रम साथै नि:शुल्क दवाई वितरण कार्यक्रम सम्पन्न गरियो। वर्तमान समयमा पशुहरूमा लाग्ने छालाको रोग लम्पीले विभिन्न क्षेत्रहरूमा पशु पालकहरू हैरान भएका छन्। यसै कुरालाई ध्यानमा राखेर सिटोङको तुरुकमा सचेतना कार्यक्रम आयोजना गर्दै दबाईहरू पनि वितरण गरियो।


उक्त सचेतना कार्यक्रममा उक्त क्षेत्रका धेरैजसो पशु-पालकहरू उपस्थित रहेका थिए। शिविरमा पशु पालकहरूलाई लम्पी रोग विषयमा जानकारी गराइयो। यस कार्यक्रममा खरसाङ खण्डको भेटनेरीका बडा बाबु अजय राई साथै पशु चिकित्सक सुकबेन्दर मण्डल पनि उपस्थित थिए। त्यसको साथै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली र भागोप्रमो खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन सेवा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *