पशु पक्षीहरूको हड्डीले झारफुक गर्ने व्यक्ति हिरासतमा

सिलगढी : वन्यजीव तथा पक्षीहरूको छाला-हड्डीहरूको प्रयोग गरेर झारफुकको व्यवसायी गरेको मामिला प्रकाशमा आएको छ। वनकर्मीहरूले सिलगढी टाउन स्टेशनबाट यस्तै एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। केही दिन अघिदेखि सिलगढीको टाउन स्टेशन इलाकामा एकजना व्यक्तिले घोड़ालगायत विभिन्न वन्य जीव तथा पशु-पक्षीहरूको छाला-हड्डीहरूको प्रयोग गरेर झारफुक गर्दै मानिसहरूलाई भ्रममा पारिरहेका थिए। सोमबार केही युवकहरूले यस घटनाबारे वनविभागलाई जानकारी दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई सोधखोजको निम्ति हिरासतमा लिएको छ। सोधखोज अवधि उक्त व्यक्तिले विभिन्न ठाउँहरूबाट वन्य जीव तथा पशु पक्षीहरूको छाला तथा हड्डीहरू किनेर व्यवसाय गरिरहेको आफूले स्वीकार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.