पशुप्रेमी संगठन-द्वारा सिलगढीमा मौन विक्षोभ

सिलगढी : सिलगढी संलग्न राङ्गापानीको सिमुलतला गाउँमा वनकर्मीको हातबाट चितुवा मरेको घटनाको प्रतिवाद जनाउँदै आज पशुप्रेमी संगठन सडकमा ओर्लिएको छ। दार्जिलिङ जिल्ला लिगल हेड फोरम, एसएनएपी र एई प्रजन्म संगठनको तर्फबाट सिलगढीको मुख्य डाक अघि गाँधीजीको सालिगमुनि मोमबत्ती जलाएर मौन विक्षोभ प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले उक्त घटनाको लागि वन विभाग दोषी रहेको बताउँदै रेञ्जर अधिकारीमाथि प्रश्न चिन्ह खडा गरेका छन्। यसको साथै संगठनको तर्फबाट चितुवा मरेको घटनाबारे एउटा अभियोग दर्ता गर्नको साथै रेञ्ज अधिकारीलाई सजाय दिनुपर्ने माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *