पशुप्रेमी संस्थाद्वारा भुस्याहा कुकुरहरूलाई खानेकुरोको व्यवस्था

सिलगढी : कोरोनाको संक्रमणमा रोकथाम लगाउने उद्देश्य लिएर राज्यमा कोरोना सम्बन्धी केही प्रतिबन्ध लगाइएको छ। यहीँ प्रतिबन्ध अन्तर्गत सिलगढीमा साप्ताहिक रूपमा विभिन्न बजारहरू बन्द राखिएको छ। यसले गर्दा सडकमा घुमिहिँड्ने भुस्याहा कुकुरहरू खाद्य संकटसित जुझिरहेको छ। देशबन्धुपाडा व्यवसायी समितिले लिएको निर्णय अनुसार आज मंगलबार केही बजारहरू बन्द राखेको छ। यसैले सिलगढीको एउटा पशुप्रेमी संस्थाले बजार इलाकामा रहने भुस्याहा कुकुरहरूलाई खानेकुरोको व्यवस्था गरेको बताइएको छ। संस्थाको तर्फबाट लगभग 3 सय भुस्याहा कुकुरहरूलाई खानेकुरोको व्यवस्था गरिदिएको छ। आगामी दिनमा पनि संस्थाको तर्फबाट उक्त कार्य जारी राख्न चाहेकोले तिनीहरूको उक्त कार्यमा कसैले रुपियाँ तथा खानेकुरो प्रदान गरेर सहयोग पुर्‍याए यस प्रकारको लगातार जारी राख्ने संस्थाका सदस्यहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *