पटेका किनेर नदिँदा नाबालकद्वारा कीटनाशक खाएर आत्महत्या गर्ने प्रयास

तूफानगञ्ज : पटेका किनेर नदिएपछि एउटी नाबालकले कीटनाशक खाएर आत्महत्या गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना तूफानगञ्जको नाककाटीगछ ग्राम पञ्चायत अन्तर्गत बड़ईतला इलाकामा घटेको हो। परिवारका सदस्यहरूले उक्त नाबालिकालाई उद्धार गरेर तूफानगञ्ज महकुमा अस्पतालमा लगेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार दिपावालीको अवसरमा आज बिहान तूफानगञ्जको बड़ईतला इलाकाको सातौँ श्रेणीकी छात्रले आफ्नो साथीले पटेका पड्काएको देखेपछि आमालाई पटेका किनिदिने जिद गर्न थाले। यसपछि उक्त नाबालकलाई आमाले कराउँदा तिनले घरमा राखेको कीटनाशक खाएर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ। घटनापछि नाबालकको आमा चिच्याएको आवाज सुनेर छिमेकीहरू घटनास्थलमा पुगेर तत्कालै उक्त नाबालकलाई उद्धार गरेर अस्पतालमा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *